काठमाडौं – काठमाडौंको बौद्धवाट नक्कली नोट छाप्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दोलखा मेलुङका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको हो ।
बौद्ध नयाँबस्तीवाट नोट बनाउन प्रयोग गरिएको फोटोकपि मेशिन सहित उनीहरुलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथवाट प्रहरीले ३४ हजार नक्कली नोट समेत बरामद गरेको छ । उनीहरुले केही समयदेखि नक्कली नोट बनाएर बजारमा पुर्याउने गरेको अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भैरहेको छ ।