logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विज्ञान र प्रविधिको विकासबाट मात्र मुलुक समृद्ध बन्ने : उपराष्ट्रपति पुन


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्ने बताए । विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल पछाडि परेको भन्दै युवाहरुलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए ।

नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिकीकरण, आधुनकिकरण गर्नु पर्ने भन्दै खोज र अनुसन्धानमा युवाहरुलाई अभिप्रेरीत गर्नु पर्ने उनको भनाई थियो । उपराष्ट्रपति पुनले सरकारले युवाहरुलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि आग्रह गरे ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नेपाललाई विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए । उनले युवाहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा अकर्षित गरी दक्ष जनशक्ति उत्पादन गर्न राज्यले पहल गर्ने पनि बताए ।