logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीयूको सम्मेलनमा सहभागी भई अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा सहभागी भई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फिर्ता भएका छन् ।

सोमबार स्वदेश फिर्ता भएका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुख लगायत विभिन्न उच्चस्तरीय भेटघाट गरेको थियो ।