काठमाडौं- साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले गिरावट भएकोे छ । आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ ।
कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये बैकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादन समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन् ।
आज पनि प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबार हुँदै आएको छ । आज यस बैंकको एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन घोडीघोडा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४।८१ प्रतिशतले बढेको छ ।
यस्तै एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।