काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो सुरूङमार्गको शिलान्यास गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच प्रम ओलीले थानकोट–नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका हुन् ।
काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को साढे १६ अर्ब सहुलियत ऋण र ६ अर्ब सरकारको गरी साढे २२ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुनेछ ।
जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको छ । सरकार र कम्पनीबीच २३ सेप्टेम्बर २०१९ मा (२०७६ असोज ६ गते) ठेक्का सम्झौता भएको थियो ।