logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्‍वकै कलात्मक देश नेपाल घुमौं, बेल्जियन फोटोग्राफरले खिचेका फोटोहरु


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – केही दिनअघि एकजना बेल्जियन फोटोग्राफर नेपाल भ्रमणमा आएका थिए। गील स्विर्टभेघर नामका उनलाई साथीले नेपालको सरप्राइज भ्रमण गराएका थिए। दुई साता नेपाल घुमेका उनी देशका विभिन्‍न ठाउँ पुगे।

नेपाल घुमेपछि उनले भनेका छन्, ‘नेपाल विविधतायुक्त मुलुक हो। जुन हामीले कल्पना पनि गर्न सक्दैनौं।’ बेलायतको चर्चित अनलाइन ‘डेलीमेल‘ मा उनले आफ्नो अनुभव सार्वजनिक गरेका छन्। ‘नेपाल दुनियाँको सबैभन्दा उत्कृष्ट एक कलात्मक देश रहेछ,’ उनले भनेका छन्।

गीलले नेपाल भ्रमणमा हिमालको अवलोकन गरेको, लुक्ला पुगेको, चितवन राष्ट्रिय निकुज घुमेको बताएका छन्। डेलीमेलमा सार्वजनिक तस्बिरमा नेपालको कला संस्कृति, भौगोलिक बनावट र यहाँको रहनसहनलाई उनले विशेष प्राथमिकता दिएका छन्।

साभार सबै फोटो डेलीमेलबाट

एजेन्सी