logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता


अंकुरण खबर
1.326K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान जापानमा भेटवार्ता भएको छ । सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन टोकियोमा रहेकाबेला दुई समकक्षीविच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले कोबिन्दलाई नेपाल भ्रमणको निम्ता दिएकी छिन् । भेटमा राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको निम्तो समकक्षी कोविन्दले स्वीकार गरेका छन् । उनले कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताएका हुन ।

भेटमा नेपाल भारत सम्बन्ध, दुईपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले भेटमा भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकोमा खुसी ब्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।