logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
1.495K
Shares

काठमाडौं – केही दिनदेखि यता लगातार सुनको मूल्य ओरालो लागिरहेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन तोलामा ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन तोलामा ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।