पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक दुर्गेश थापा पक्राउ परेका छन् । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई मंगलबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।