बैतडी – बैतडीमा सर्वसाधारणमाथि डोजर चलाउने चालकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । प्रहरीले दशरथचन्द नगरपालिका-२ का चालक किशोर बोहोरालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ८ ग्वाल्लेकमा बाटो खन्ने क्रममा विवाद हुँदा डोजरलाई स्थानीयले अवरोध गरेपछि डोजर चालकले गौरी जोशीलाई डोजरले पेलेका थिए । उनलाई डोजरको बकेटले लागेको थियो ।
गम्भीर घाइते भएकी जोसीसहित सात जनाको वैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते गौरी जोशीको स्थानीय जिल्ला अस्पलातमा उपचार हुन नसक्ने भन्दै चिकित्कले रिफर गरेको बताइएको छ ।
स्थानीयले गुठीको जग्गा बाँडफाँट गर्न केही समय माग गरेको र सोही अनुरुप सहमति भए पनि अचानक बाटो निर्माण गर्न डोजर आएपछि घटना भएको हो । बाटोमा नपर्ने जग्गा गुठियारहरुबीच बाँड्न करिब एक साताको समय मागिएको थियो ।
साभार एभिन्युज टिभीबाट