logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘समाजमा अपाच्य’ गीत नगाउने कागजी सम्झौतामा छुटे दुर्गेश


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – पक्राउ परेका दुर्गेश थापा छुटेका छन् । देउसी भैलोको ‘ह्याप्पी तिहार’ बोलको गीत गाएर सामाजिक सहिष्णुता बिगारेको आरोपमा पक्राउ परेका गायक थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आजबाट ‘समाजमा अपाच्य’ गीत नगाउने कागजी सम्झौता गरी छोडेको हो ।

थापाविरिुद्ध जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा तिहार लक्षित गरी दुर्गेशले गाएको ‘ह्याप्पी तिहार’ मा समाजमा बियर, गाँजालगायतका सामग्रीलाई प्रोत्साहन गर्दै गलत सन्देश प्रवाह गरेको उजुरी परेको थियो ।

पक्राउपछि गायक थापाले प्रहरी कार्यलयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाट गीत हटाएका छन् ।