logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसम अझै खुल्न सकेन, कारण के होला ?


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – पश्चिमी वायु र अरब सागरको पूर्वी–मध्य क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको कारण देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरि नै आंशिकदेखि सामान्य बदली भएको छ। बुधबार दिनभर मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुने सम्भावना छ । बाँकी क्षेत्रको मौसम भने आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । मध्य र पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशका मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने छ । मध्य, पूर्व र पश्चिमका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाइएको छ।