logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा गोली चल्यो, एक जनाको मृत्यु


अंकुरण खबर
936
Shares

जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका-१४ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो ।

जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ।

स्थानीय पंकज शाहसँग पैसाको कारोबार भएको र उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ । यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको जनाईएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।