काठमाडौं – पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्न माग राखेर आन्दोलन थालेका छन्। शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्नै छाडेका छन्।
कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ। आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बुधबार बिहानदेखि आन्दोलन थालेका हुन्।
कामदारहरुले बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने र खाडल खन्ने काम बन्द गरेका हुन्। शव जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति देखिएको छ।
असन्तुष्ट कामदार पक्षसँग वार्ता भइरहेको र तत्कालै सहमति जुटाएर कामदारहरु शव जलाउने काममा फर्किने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जनाएका छन् ।