logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महरालाई आज तेस्रोपटक अदालत लगिँदै


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – यौन र्दुव्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रोपटक अदालत लगिँदैछ ।

प्रहरीले महरामाथि लागेको अभियोगबारे अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो ।

यसअघि गत आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो ।

यौन र्दुव्यवहारको आरोपमा किटानी जाहेरी परेपछि महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।