logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


अंकुरण खबर
637
Shares

धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ६२० नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ।

मुत्यु हुनेमा पैदल यात्रु बकैया ७ अधेरी बस्ने ५५ वर्षीय कृष्णबहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक बकैया ३ हात्तिसुडे बस्ने २४ वर्षीय सबिन दर्नाल पनि घाइते भएका छन् । उनको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।