logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने कारवाहीमा


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – नेपाली सेनाले सैन्य भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने ४ सैनिक र २३ गैरसैनिकसहित २७ जनामाथि कारबाही अघि बढाएको छ। उनीहरू भर्ना केन्द्रहरूमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न रहेको पाइएपछि सेनाले कारबाही अघि बढाएको हो।

२०७६ साउन १९ गते गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरूमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा ४ सैनिक तथा २३ गैरसैनिक व्यक्तिको नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र नं. २४ बाहिनी अड्डा, जुम्ला तथा नम्बर ५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ भने वास्तविक उम्मेदवारको खोजी भईरहेको सेनाले जनाएको छ ।

अन्य ३ भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।