logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशुपति आर्यघाटका कर्मचारीको सेवासुविधा बढने भयो : आन्दोलन फिर्ता


अंकुरण खबर
1.222K
Shares

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शवदाहमा संलग्न हुने घाट सेवा केन्द्रका कर्मचारीको सेवासुविधा वृद्धि गर्न सहमति गरेको छ ।

सेवा केन्द्रका कर्मचारीहरूले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेपछि कोषले वार्ता गरेको थियो ।

उनीहरूको आन्दोलनबाट शव दाहको कार्य नै रोकिने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच भएको वार्तामा सो सहमति भएको हो ।

सहमतिअनुसार घाट सेवा केन्द्रका कर्मचारीहरूले एउटा शव जलाएबापत १५ सय र औषधि उपचार खर्चबापत १५ हजार पाउनेछन् ।

यसैगरी, अवकाश पाउँदा उपदानबापत पाउने डेढ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्‍याउने र २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।