काठमाडौं – काठमाडौंको स्वयम्भुस्थित हलचोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज बिहान बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भर्याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।