logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा सुधार, कारोबार रकम भने न्यून


अंकुरण खबर
832
Shares

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा केही  देखिएको छ । अघिल्लो दिन २.४० अंकले बढेको नेप्से आज ७.७९ अंकले बढेर ११४२.६० बिन्दूमा पुगेको छ ।

कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार परिसूचकमा वृद्धि भएको भए पनि कारोबार रकम भने केही कमी हो ।

बुधबार कारोबारमा आएका सबै समूह बढेका छन् । आज पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । केही दिनदेखि प्रभुको कारोबार उच्च हुँदै आएको छ । आज प्रभु बैंकको दुई करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा सुधार आएको दिन नेको इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ । तर, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।