logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार र हत्या गरी फरार रहेका गौतमलाई अमेरिकाबाट नेपाल ल्याइयो


अंकुरण खबर
1.339K
Shares

काठमाडौं- बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक नेपालीलाई अमेरिकाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ ।

झापामा २० वर्षअघि एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको हो ।

गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।