logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्यालयको छानो खस्दा ३ दर्जनभन्दा बढी विद्यार्थी घाइते


अंकुरण खबर
3.003K
Shares

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा ३ दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

बुधबार दिउँसो तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा ३९ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते हुनेमा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी रहेका छन् । घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ । सबै विद्यार्थी खतरामुक्त रहेको महानगरीय प्रहरी वृत्त गौशाला प्रहरीले जानकारी दिएको छ ।