logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा पाँच हजार घुससहित प्रहरी जवान पक्राउ


अंकुरण खबर
910
Shares

कञ्चनपुर – पाँच हजार घुससहित एक प्रहरी जवान पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरबाट प्रहरी जवान दीपक चौधरीलाई पाँच हजार घुससहित पक्राउ गरेको हो ।

भारतबाट ल्याइएका तस्करीका सामान भन्सार मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका–११ गड्डाचौकी भन्सार क्षेत्रबाटै प्रहरी जवान चौधरीलाई पक्राउ गरिएको अख्तियार कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत जवान चौधरीलाई थप अनुसन्धानका लागि अख्तियारले प्रक्रिया अगाडि बढाएको जनाएको छ ।