चितवनमा बुधवारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीवार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् ।
उनी बुधवार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।