logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

माछापोखरीमा वृद्ध मृत फेला


अंकुरण खबर
923
Shares

चितवनमा बुधवारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीवार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् ।

उनी बुधवार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।