नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको प्रतिनिधिमण्डलले विदेशी लगानी भित्र्याउन आन्तरिक बजार चुस्त बनाउनुपर्ने सुझाव दिएको छ । बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिसँग सिंहदरबारमा भएको छलफलमा चिनियाँ उपमन्त्री ताङजुङले आन्तरिक बजार राम्रो नभएसम्म विदेशी लगानीको अर्थ नहुने बताएका हुन्।
राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुङले यसो भनिरहँदा समितिका सभापति विमल श्रीवास्तवले चीन भ्रमण गराउनुपर्ने आशय व्यक्त गरेका थिए। ताङजुङले आफ्नो मन्त्रालयले बजार अनुगमन, उपभोक्ता हित संरक्षण, औषधि र खाद्य पदार्थको गुणस्तर अनुगमन लगायतका काम गर्ने उनले बताए।
मन्त्री ताङजुङले व्यापार तथा बजार अनुगमनको अवस्था हेरेर गत वर्षभन्दा विश्व बैंकले बजार व्यवस्थापनको अवस्थामा हेरेर ४६ औँ स्थानमा राखेको बताए। उनले गत वर्षभन्दा यो वर्ष १५ स्थान फड्को मारेर चीन ३१ औँ स्थानमा आएको उनले उल्लेख गरे। यता समितिका सभापति विमलप्रसादस श्रीवातस्तवले भने घुमाउरो भाषामा समितिका सदस्यलाई चीन भ्रमण गराउनुपर्ने धारणा राखेका थिए।