logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंलाई हराउँदै चितवन बन्यो च्याम्पियन


अंकुरण खबर
1.612K
Shares

वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

सुरुवाती चरणमै राम्रो गरेको यसले काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् । त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । सुमन २९ रनमा आउट भइन्, जतिबेला टिमको स्कोर ८४ रन थियो । थप दुई रन जोड्दा रितु आउट भइन् ।

तर कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गर्दै टिमको पारी उकासिन् । इन्दुले इनिङको अन्तिम तीनमा लगातार चौका हान्दै टिमलाई राहत दिएकी थिइन् ।

११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुमन र रितु कनोजियाले ३,३ विकेट लिइन् । रेखा रावलले २ विकेट हात पारिन् ।