काठमाडौं – नेपाली क्रिकेटर पारस खड्का युएइमा हुने टि-टेन क्रिकेटमा अनुबन्धित भएका छन् । पारसले टिम अबुधबीबाट टि-टेन खेल्नेछन् ।
गत साता ड्राफ्ट सम्पन्न भएपनि हिजो मात्र पारसले ट्वीटर मार्फत टि-टेन खेल्ने सार्वजनिक गरेका हुन् । उनी दश हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । पारसको टिममा मोएन अली,मोहम्मद आमिर,कोरे एन्डर्सन,रोहण मुस्ताफा,लुक राइट जस्ता खेलाडी रहेका छन् ।
टि- टेन नोभेम्बर १५ देखि २४ सम्म हुनेछ ।