logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजपुर बमकाण्डका आरोपी सांसद् आलमको म्याद ८ दिन थप


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोटको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट  पुर्‍याइएको छ ।

म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट  पुर्‍याइएको छ । आलम पक्राउ परेको विरोधमा नेपाली कांग्रेस रौतहटले आज मुखमा कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्दैछ ।