logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कार्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइँदै


अंकुरण खबर
1.521K
Shares

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा  कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।