नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकार खोस्दै गएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले सोमवार आयोजित शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन कार्यक्रममा सभापति देउवाले सरकारले एकपछि अर्को जनविरोधी विधेयक ल्याएर जनताको अधिकार खोस्दै गएको बताए। उनले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदैं महँगी र करले जनतालाई चाडपर्व मनाउन नै कठिन बन्दै गएको टिप्पणी गरे । देउवाले कार्यकर्तालाई उपनिर्वाचनमा एकजुट भएर लाग्न निर्देशनसमेत दिए ।
देउवाले शंखधर साख्वाबाट सिक्न सरकारलाई आग्रह गरे। साख्वाले जनतालाई गरेको योगदानको कदरस्वरुप नेपाल संवतमा उनलाई आदर र सम्मान गर्ने गरेको चर्चा गर्दै देउवाले भने, ‘सरकारले शंखधरको जीवनबाट सिक्नुपर्छ।’
कार्यक्रममा देउसी भैलो खेल्नुका साथै चर्या नृत्य, बाँसुरी बाजा, बाण्ड बाजा मार्फत सांगीतिक प्रस्तुति राखिएको थियो।