logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेवार समुदायको किजा पूजा : सार्वजनिक विदा


अंकुरण खबर
2.223K
Shares

नेवार समुदायले आज भाइटीका (किजा पूजा)  लगाउँदैछन् ।

भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो। सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन्। तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले ११ कात्तिक (सोमबार) नै म्हः पूजा गरेका थिए। नेपाल सम्बत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन्।

किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन्। सँगै सगुन र उपहार दिने प्रचलन छ।