logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वसभामुख महरालाई आज अदालत लगिँदै


अंकुरण खबर
1.053K
Shares

पूर्वसभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइदैछ।

महराको आजबाट थुनछेक बहस सुरू हुने छ। सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुने प्रहरीले जनाएको छ।  थुनछेक बहसमा वकालनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने बताईको छ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो।  आफ्नै कार्यालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभामुख महराको तेस्रो पटकको म्याद सकिएकोले अदालतमा उपस्थित गराउन लागिएको हो ।