logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते


अंकुरण खबर
884
Shares

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गुल्मीको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरको पिकअप भ्यान मुसिकोट नगरपालिका-९ ददल्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेलको मृत्यु भएको छ भने अर्का मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले बताए।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका-७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनीया बिक, २६ वर्षीय बिष्णु बिक छन् ।

घाइते सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ। जीप चालक ज्ञान बहादुर बिक फरार रहेका छन्।