नेपालगंज उपमहानगरपालिका–२० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट पेस्तोलसहित ६ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको हो।
नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनि लुकाइराखेको मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल बरामद भएपछि उनीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१३ रामबाघ बस्ने ३२ वर्षीय सन्दीपजंग शाह, दिनेश शाही, राघव शाह सानु , माधव नेपाली, जयबहादुर बुढा र प्रीतम थापा मगर रहेका छन् । पक्राउ परेका सन्दीपजंग शाह तरुण दल नेपालगन्जका नगर अध्यक्ष पनि हुन् । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।