logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो


अंकुरण खबर
4.186K
Shares

छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ।  सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको घुइँचो लागेको थियो ।

लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ।