logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम गर्न छाड्यो : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.729K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।

‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ।’ मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भएको समाचार कान्तिपुर दैनिकमा छ ।

‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर म एकदमै सिकिस्त छैन।’ नियमित डाइलाइसिस गर्नुपर्ने भए साताको तीनचोटी गर्नुपर्ने ओलीले जानकारी दिए । आफ्नो मिर्गौलाले राम्ररी काम नगरेको र फोक्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतबारसम्ममा सबै रिपोर्ट आइसक्ने बताए ।