काठमाडौं – प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई शनिबार साँझ पक्राउ गरेको छ ।
बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्रीको प्रहरी टोलीले बर्दिया मधुवन नगरपालिका–८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।