logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक आज बस्दै, उम्मेदवार टुंगो लगाइने


अंकुरण खबर
897
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार समय अभावले शनिबारको बैठकबाट उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।

पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए ।