पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१दुम्किबासबीच जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
चालक गैंडाकोट नगरपालिका–८ का ३२ वर्षीय सन्तोष डमरकोटीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।