logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले उपचुनावका लागि आज उम्मेदवार टुंगो लगाउदै


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – नेपाली कांग्रेसले आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि पार्टीका तर्फबाट उम्मेदवार हुनेहरुको टुंगो आज लगाउने तयारी गरेको छ ।

उम्मेदवार टुंगो लगाउनका लागि आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । यसअघि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुने जनाइएको छ ।

बैठकले कास्की क्षेत्र नम्बर २ तथा प्रदेशसभा तर्फ भक्तपुर १ (ख), दाङ ३ (ख) र बाग्लुङ २ (ख) का उम्मेदवारको टुंगो लगाउने जनाइएको छ । यस्तै धरान उपमहानगरपालिकाको उम्मेदवारको तय पनि पदाधिकारीले गर्नेछ ।