logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिल्वस्तु र पोखरामा शंकास्पद वस्तु फेला पर्‍यो


अंकुरण खबर
4.823K
Shares

काठमाडौं – कपिल्वस्तुको शिवराज १ शिवपुरमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेको बताइएको छ । शंकास्पद वस्तु कसले राखेको भन्ने एकिन भएको छैन ।

त्यस्तै पोखराको तालचोकमा शंकास्पद वस्तु फेला परेको छ। चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।