logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनकोशीमा बस दुर्घटना : ८ जनाको मृत्यु, १५ भन्दा बढी यात्रु घाइते


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुर्घटनमा १५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउदै गरेको बा २ ख ७२४५ को यात्रुबहाक बस आज अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेवाट सुनकोशी नदीमा खसेको हो ।

घाइतेहरुलाई उद्दार गरी उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । केही यात्रुलाई सुनकोसी नदीले बगाएको आशंकामा खोजी जारी राखिएको छ । घाइतेमध्ये केहीको अवस्थामा गम्भिर रहेको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटना भएको बस शैलुंगेश्वरी यातायातको रहेको प्रहरीले जानकारी दिएको छ । बस अरनिको राजमार्गवाट करिव ३० मिटर तल खसेर सुनकोसीमा डुबेको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।