logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले हटायो सातै प्रदेश प्रमुख


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो।

सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो।

जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो। कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो।

देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।