logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा उत्पन्न विवादमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ ।

सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समितिका सदस्य डा.श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो । समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका छन् ।

छानविन समिति गठन भएपछि अब श्रेष्ठ निलम्बनमा पर्नेछन् । उनीमाथि सरकारले वित्तीय अराजकतालाई बल पुग्ने काममा संलग्नता रहेको आरोप लगाएको छ ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ढाकछोप गर्न भूमिका खेलेको, निकट रहेका कतिपय बैंकरलाई सम्पत्ति शुद्धीकरणमा कारबाही गर्नु पर्नेमा उनीहरूलाई जोगाउन फाइल लुकाउने गरेको आरोप समेत लागेको छ ।