काठमाडौं – नेपाल प्रहरीले तीन किलो १२ ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको बा३ख ९६७३ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जाली मगरलाई आइतबार राति पक्राउ गरेको हो । प्
रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जनाईएको छ ।