logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिस


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले आइतवारदेखि रिक्त रहेको सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्।

नाम सिफारिस भएकाहरुलाई कुन प्रदेशको जिम्मेवारी दिने भन्ने निर्णय सरकारले नै गर्ने नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

यसअघि आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातैवटा प्रदेशका प्रमुखहरुलाई वर्खास्त गरेकी थिइन् ।