logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुटे बस दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, एक बालिका अझै बेपत्ता


अंकुरण खबर
3.315K
Shares

सुनकोशी नदीमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। खोजीको क्रममा सुनकोशी किनारामा एक युवकको शव भेटिएपछि मृतकको संख्या १८ पुगेको हो।

उदयपुर चौदण्डीगढी नगरपालिकाका २३ वर्षीय युवक विजय तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार अझै ५ वर्षीय बालिका बेपत्ता भएकी छिन्। उनको खोजी कार्य जारी रहेको उनले बताए। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दोलखाबाट काठमाडौं आउदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा खसेको हो । तीव्र गति र क्षमता भन्दा बढी यात्रु बोकका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।