logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा झिनो सुधार


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.९७ अंकले बढेर ११४०.२६ बिन्दूमा पुगेको छ ।

विगत केही दिनदेखि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज सामान्य वृद्धि हो । कुल १६३ वटा कम्पनीको ७ लाख ५९ हजार कित्ता शेयर १९ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका समूहमध्ये होटल, जलविद्युत्, निर्जीवन, उत्पादन, लघुवित्त, जीवन बीमा र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूह घटेका छन् । नबिल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको करिब दुई करोड रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा झिनो सुधार भएको दिन ग्लोबल आइएमई लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, आज जोशी हाइड्रोपावरकम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर करिब  पाँच प्रतिशतले घटेको छ ।