काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आजबाट १७ औँ अनशन बस्ने भएका छन । उनले बागबजारस्थित नेपाल चिकित्सक संघको भवनबाट १७ औँ अनशन थाल्ने बताइएको छ ।
यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी यसपालि उनी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने बताइएको छ । एनएमएकै भवनमा अनशन भन्ने अन्तिम टुंगो भने लागिसकेको छैन।
चिकित्सक संघ एक पदाधिकारीका अनुसार औपचारिकरूपमा डा. केसीले अनशन बस्ने बारेमा जानकारी नदिए पनि व्यक्तिगत रूपमा भने सोधेको पुष्टि गरे । केसीलाई नेपाल चिकित्सक संघको कार्यालय अनशन बस्न उपयुक्त ठाउँ नभएकाले अन्य ठाउँ खोज्न सुझाएका थिए । उनले एनएमएमा बस्दा राजनीतिक विषय उठेर केसीको छविमा दाग लाग्नेतर्फत पनि सचेत हुन आग्रह गरेका थिए ।
आगामी चुनावी तयारी भइरहेकाले त्यसमा असर पर्ने भन्दै एनएमए स्रोतले भने त्यहाँ अनशन नबसिदिन आग्रह गर्दै आएका छ ।