झापा प्रहरीले गौरीगञ्ज गाउँपालिका–३ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ । प्रहरीले दुवै जनालाई सोमबार साँझ घरबाट नै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३ का ५७ वर्षीय देवनारायण महतो र गौरीगञ्ज गाउँपालिका–४ का ५० वर्षीय बुदलाल राजवंशी रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
पक्राउ परेका महतोको घरबाट प्रहरीले पाँच सय ग्राम गाँजा र नगद १ हजार तीन सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट दुई किलो एक सय २५ ग्राम गाँजा बरामद गरेको जनाएको छ ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।